डिप्रोक्स र आदर्श लघुवित्त बिच प्राप्ति (एक्विजिशन) सम्झौता, थप सशक्त बन्ने दाबी

१३ चैत, सोमबार
भरतपुर, चितवन

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आ–आफ्नो क्षेत्रमा नै कार्य गरी आएका “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरु हुन । यि दुई वित्तिय संस्था बिच प्राप्ति (एक्विजिशन) सम्झौता भएको छ ।

प्राप्ति (एक्विजिशन) भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य बुझिन्छ । लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्य नै प्राप्ति हो । यस सम्झौता पश्चात आदर्श लघुबित्त बराबर शेयर हैसियतमा डिप्रोक्स लघुबित्तमा समाहित भएको हो ।

हालको परिस्थितिमा लघुवित्त क्षेत्रमा देखा परेको दोहोरो प्रतिस्पर्धा, धेरै संस्थाहरुले एउटै सदस्यलाई लगानीका कारणले सृजना भएको अवस्था र यसले देशको अर्थतन्त्रमा पार्न सक्ने दूरगामी प्रभावको कारणले गर्दा लघुवित्त वित्तीय संस्थाहरुको भविष्य विगतको जस्तै प्रतिफलमूलक बनाई राख्नु पर्ने कारणले द्वय संस्था एक भएर जान सम्झौता गरेको बिज्ञप्तीमा उल्लेख छ । सबल र सक्षम संस्थाको रुपमा स्थापित भई ग्राहक सदस्यहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतहरुमा अभिवृद्धि गरी दिर्घकालसम्म स्तरीय लघुवित्त सेवा प्रदान गर्नको लागि तथा दुई लघुवित्त वित्तीय संस्थाहरुको स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी उपलव्धि मूलक र प्रभावकारी रुपमा अघि बढाई आफ्नो अग्रता कायम राख्दै विभिन्न क्षेत्रहरुमा उपलव्ध वित्तीय व्यवसायका अवसरहरु मार्फत ग्राहकहरुलाई स्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्दै शेयरधनीहरुलाई थप प्रतिस्पर्धात्मक प्रतिफल दिन सक्षम हुनको लागि एक सवल पु“जी भएको उत्कृष्ट लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित गर्न द्वय संस्था सहमत भएको बिज्ञप्तीमा जनाइएको छ ।

नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५७ पौष २८ गतेमा दर्ता भई (दर्ता नं.७६७/०५७/५८) नेपाल राष्ट्र बैंकबाट मिति २०५८ आषाढ १९ गते “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी निरन्तर कार्यसम्पादन गरी आएको बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० मा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दिपक खनाल र नेपाल सरकार,कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७५ जेष्ठ ९ गतेमा दर्ता भई (दर्ता नं. १८९९७१/७४/0७५) नेपाल राष्ट्र बैंकबाट मिति २०७५ कार्तिक २५ गते “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी निरन्तर कार्यसम्पादन गरी आएको बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष सूर्यकुमारी श्रेष्ठ बीच डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर बराबर आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर कायम हुने शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १:१ (एक कित्ता बराबर एक कित्ता) कायम गरी प्राप्ति (एक्विजिशन) गर्नको लागि मिति २०७९ फागुन ३० गते सम्पन्न भएको दुवै वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट स्वीकृत भएकोले अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । दुबै वित्तीय संस्था एक भए पछि यस संस्थाको चुक्ता पुँजी रु. १ अर्व ५५ करोड १० लाख ८८ हजार १६६/११ र नेटवर्थ रु. २ अर्व ९३ करोड ४६ लाख ५७ हजार ६२७/८६ भएको सवल संस्था बन्ने विश्वास बिज्ञप्तीमा जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker