लघुबित्त पीडित ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवन अगाडि धर्ना

चितवन, चैत २६ ।

लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले चितवनमा धर्ना दिएका छन् । ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवन अगाडि उनिहरुले धर्ना दिएका हुन् ।

जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे । लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडितहरु भेला भएर चैत २१ गतेदेखी अनिश्चितकालीन धर्नामा बसेको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकले जानकारी दिइन । पाठकले माग पुरा नभएसम्म आन्दोलन जारी राखिने भन्दै सोमबार विरोध र्‍याली गर्ने बताइन् ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई बिना ब्याज ऋण , ज्यादती गर्ने लघुवित्तिय संस्था खारेज लगायतको माग राखेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker