साैराहा फूड फेष्टिबलकाे आयव्याय सार्वजनिक

रत्ननगर । चितवनकाे साैराहामा आयाेजना गरिएकाे १७अाै साैराहा फूड फेष्टिबलकाे बुधबार आयव्याय सार्वजनिक गरिएकाे छ । रेवान साैराहाले पर्यटन प्रबर्धन गर्ने उद्देश्यले माघ २९ देखि फागुन २ गते सम्म फेष्टिबल आयाेजना गरेकाे थियाे । बुधबार एक अाैपचारिक कार्यक्रमकाे आयाेजना गरि फेष्टिबलकाे आयव्याय सार्वजनिक गरिएकाे हाे । आयब्याय सार्वजनिक गर्दैै फेष्टिवलका संयाेजक ध्रुव गरीले फेष्टिवलबाट ३ लाख ४७ हजार ९३७ रूपैया नाफा भएकाे जानकारी दिए । फेष्टिवलमा ४७ लाख ४६ हजार ३८४ रूपैया आम्दानी भएकाे र ४३ लाख ९८ लाख ४४६ रूपैया खर्च कटाएर ३ लाख ४७ हजार ९३७ रूपैया नाफा भएकाे संयाेजक गिरीले जानकारी दिए । रेवान साैराहाका अध्यक्ष नरेश गिरीले काेराेना महामारीका कारण कमजाेर बनेकाे साैराहाकाे पर्यटनलाई फेष्टिवलले चलायमान बनाएकाे बताए । उनले फेष्टिवलमा भएकाे आम्दानीकाे केही हिस्सा सामाजिक हितमा खर्च गर्ने याेजना रहेकाे बताए ।
रत्ननगर नगरपालिकाका आर्थिक विकास समितका संयाेजक साेहेन्द्रराज खरेल प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा वडा नं ७ का वडा सदस्य,क्षेत्रीय हाेटल संघ चितवनका अध्यक्ष गंगा गिरी,रेवानका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र खतिवडा, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी,चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा लगायतले मन्तब्य राखेका थिए ।

रेवानका अध्यक्ष नरेश गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रम महासचिव सुर्यबहादुर रिमालले सन्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker