लागुऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनामा स्थानिय तह र प्रदेशको भूमिका अपरिहार्य – दिवाकर राज श्रेष्ठ

लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानव अधिकार तथा उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने रिकभरिङ नेपालले लागुपदार्थ सम्बन्धी समस्या स्थानिय तह र प्रदेशलेपनि हेर्ने व्यवस्था गर्न माग गरेको छ । रिकभरिङ नेपाल बागमति प्रदेशले पत्रकार सम्मेलन गरेर लागुऔषध सम्बन्धी समस्या प्रदेश र स्थानिय तहलेपनि हेर्नुपर्ने व्यवस्था गर्न माग गरेको हो । हाल लागुऔषध सम्बन्धी समस्या केन्द्रले मात्र हेर्दै आएको छ । जसका कारण सेवा झञ्झटिलो र प्रभावकारी नभएको उसको आरोप छ । सोहि कारण प्रदेश र स्थानिय तहले लागुऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनाका लागि बजेट नछुट्याउने गरेको रकभरिङ नेपाल बागमति प्रदेश अध्यक्ष श्रेष्ठले बताए ।

स्थानिय तह र प्रदेशले कार्यक्रम नराख्दा सचेतना कार्यक्रम भएन,उनले भने,‘सचेतना कार्यक्रम नहुँदा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अनि लागुऔषध प्रयोगकर्तामा लापर्वाही बढ्दा एचआईभी संक्रमण र हेपाटाईटिस सीजस्ता समस्यापनि बढ्दो छ ।’ निःशुल्क उपचार र पुर्नस्थापनाका लागि प्रदेश र स्थानिय तहले बजेट छुट्याउनुपर्ने उनको भनाई छ । ‘संघको कार्यक्रम निस्प्रभावी छ । बरु प्रत्येक स्थानिय तहले उपचार र पुर्नस्थापनामा काम गर्ने हो भने प्रभावकारी हुन्छ ।’

त्यस्तै, रिकभरिङ नेपालले लागुऔषध ऐन २०३३ परिमार्जन गर्नपनि माग गरेको छ । सो ऐन समयसान्दर्भिक नभएको र त्यसले तोकेको मापदण्ड जटिल र झञ्झटिलो भएकाले परिमार्जन गर्नुपर्ने रकभरिङ नेपाल बागमतिका अध्यक्ष दिवाकर राज श्रेष्ठलेले बताए । उनका अनुसार ऐनले लागुऔषध प्रयोगकर्तालाई उपचार र पुर्नस्थापनामा लैजान भनेको छ तर व्यवहारमा भने प्रहरीले उपचार र पुर्नस्थापनामा नभई मुद्धा चलाएर दुःख दिने गरेको छ । लागुऔषध बेच्नेलाई प्रहरीले मुद्धा चलाओस्,उनले भने,‘तर प्रयोगकर्तालाई त मुद्धा चलाउनु भएन नि ! बरु उसलाई त उपचार र पुर्नस्थापनामा पो लैजानुपर्छ ।’

रकभरिङ नेपालले लागुऔषध प्रयोगकर्ताको पुर्नस्थापना तथा उपचार कार्यक्रम स्वास्थ्य मन्त्रालय वा सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्नुपर्नेपनि बताएको छ । उसले लागुऔषध प्रयोगकर्ताहरुको सेवामा व्यवस्थापन तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने, लागुऔषध प्रयोगकर्ताहरुको हेपाटाईटिस टेष्ट तथा उपचार राष्ट्रिय कार्यक्रमपनि ल्याउन आग्रह गरेको छ ।
रिकभरिङ नेपालले महिला लागुऔषध प्रयोगकर्ताहरुको लागि विशेष नीति तथा कार्यक्रम ल्याउनपनि माग गरेको छ । महिला लक्षित कार्यक्रम नहुँदा उनीहरुको उपचार र पुर्नस्थापनामा सोंचेजस्तो उपलब्धी हाँसिल नभएको अध्यक्ष श्रेष्ठको जिकीर छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker