केरा किसानको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

रत्ननगर । चितवनका केरा किसानहरुले एकअर्कामा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै केराको उत्पादन र बजारीकरणको समस्याबारे छलफल गरेका छन् । चितवन केरा उत्पादक संघले रत्ननगरमा मंगलबार आयोजना गरेको कार्यक्रममा नयाँ बर्षको शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा केरा किसानले भोग्दै आएको समस्याका बारेमा छलफल गरिएको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख प्रविण लामाले केराको उत्पादन बढाउन स्थानीय सरकारले अनुदान प्रदान गरिएको बताए । राज्यले केरा किसानलाई दिएको सेवा र सुविधाका कारण व्यवसायिकता बढ्दै गएको उनको भनाई छ । संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भरतीय केराको आयतले नेपालमा उत्पादन भएको केराले उचित मुल्य पाउन नसकेको बताए । बजारमा भारतीय केराको विगवीगी छ उनले भने हामीलाई भन्सार छलेर आउने भारतीय केरा टाउको दुखाईको विषय बनेको छ । कार्यक्रममा संघका उपाध्यक्ष शंकरप्रसाद सुबेदी, कोषाध्यक्ष टंकप्रसाद लामिछाने, सदस्यहरु सरस्वती भन्तना, विनु शाही, ऋषिराम गुरुङ लगायत केरा किसानहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker