विष्णु सुवेदीको गीत “यी आँखामा हेर” म्युजिक भिडियो सार्वजनिक

विष्णु सुवेदीको “यी आँखामा हेर” बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक विष्णु सुवेदी र गायिका दीपा लामाको स्वरमा रहेको गीत “यी आँखामा हेर ” सार्वजनिक गरिएको हो। गीतमा डीपी खनालको शब्द र हरि लम्सालको संगीत छ।

राजीव समरद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री तथा मोडल गरिमा शर्माको अभिनय रहेको छ। भिडियोमा पुष्प र गरिमाको जोडी आकर्षक देखिएको छ ।

विशाल कार्की उत्पादन प्रबन्धक, चन्द्र चौधरी मिक्सिङ/मास्टरिङ, बुद्ध थापा सिनेमेटोग्राफर, सुमन केसी संगीत व्यवस्था रहेको म्युजिक भिडियो तारिफ योग्य बनेको छ। उक्त भिडियोलाई अल्विश मोशन पिक्चर्सले प्रस्तुत गरेको हो ।

https://www.youtube.com/watch?v=Da3S7qq5-G8

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker