एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल टुर सुरु हुदै

चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल टुर सुरु हुने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै टुर सुरु गर्न लागिएको छ ।

मोफसल टुर मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने जनाइएको छ । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको हो । लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की “लक्की” ले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन गरिरहेको बताए । “मोफसल टुर सुझाव संकलन गर्ने टुर पनि हो”, उनले भने, “चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान हो ।” उनका अनुसार पहिलो चरणको मोफसल टुर मौलाकालिकादेखि बाग्लुङ कालिकासम्म पुग्ने छ । कुरिनटार, दमौली, बन्दीपुर, पोखरा लगायतका क्षेत्रमा टुर हुनेछ । चितवनमा फिल्मी जमघट बढाउन टुरले सघाउने बताए ।

३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी छ । लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker