रत्ननगरमा स्वास्थ्य शिविर : ४oo जनाकाे स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर ९ माेहनामा शनिबार आयाेजना गरिएकाे स्वास्थ्य शिविरमा ४०० जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।

रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजना, रत्नप्रिय क्लवको सहकार्य तथा सप्तगण्डकी अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गरिएकाे शिविरमा ४०० जनाकाे स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा सप्तगण्डकी अस्पतालका ४ जना वरिष्ठ विशेषज्ञ डाक्टरले स्वास्थ्य परीक्षण गरेका छन् । मोहना मा. वि लाई जग्गा दान गर्नुहुने ८२ वर्षीय विष्णुकुमारी महतोको स्वास्थ्य परीक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियाे ।

शिविरमा अधिकाशं हाडजोर्नी तथा नशारोगका बिरामी रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले जानकारी दिए ।

शिविरमा वरिष्ठ डा. अमर श्रेष्ठले नाक, कान, घाँटी तथा टाउँको, वरिष्ठ डा. जोनी श्रेष्ठले प्रस्तुति तथा स्त्रीरोग, वरिष्ठ डा. सन्दिप पाण्डे फिजिसियन र वरिष्ठ डा. सुवास थापाले हाडजोर्नी तथा नसा रोग सम्बन्धी बिरामीहरुको जाँच गरेको रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

शिविरमा औषधि समेत नि:शुल्क रुपमा वितरण गरिएको थियो । साेही अबसरमा वडा कार्यालयले ६ जना महिला स्वास्थ्य स्वयमसेविका र वडा भित्रका टाेल विकास संस्थाका अध्यक्षहरुलाई सम्मान गरिएकाे थियाे ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सविता चाैधरी,वडा सदस्य कमानसिंह चाैधरी,लेख बहादुर तामाङर र शुष्मा बुढाथाेकी लगायतकाे सहभागिता रहेकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker