रत्ननगरमा सुरु भयो जेसीज सप्ताह, उद्घाटनमा ट्राफिक सचेतना

रत्ननगर । रत्ननगर जेसीजको २४औँ स्थापना दिवसको अबसरमा आयोजित जेसीज सप्ताह मंगलबारदेखि सुरु भएको छ । सप्ताहको पहिलो दिन सौराहाचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

सप्ताहको रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले नेपाली समाज बिकृति तर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मानिसमा अनुसासन हराएको छ उनले भने आधुनिक समाजभित्र डरलाग्दो विकृति लुकेर बसेको छ । उपमेयर पाठकले समाजलाई सही मार्गमा लैजान जनप्रतिनिधि र जनताको प्रयास आवश्यक रहेको बताए ।

उनले जेसीजले सुरु गरेको सामाजिक अभियान विकृति अन्त्यको लागि हुनुपर्ने विचार व्यक्त गरे । सप्ताह मुल समारोह समितिका संयोजक सुरेशजंग पाण्डेले ट्राफिक सचेतनाको अभावका कारण दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक नियक पालनको लागि सचेतन गराउन कार्यक्रम आयोजना गरिएको बताए । ट्राफिक कार्यालय रत्ननगरका प्रमुख कृष्णज्यू ठकुरीले नियम पालना नगरेका कारण चितवनमा दुर्घटना बढ्दै गएको बताए ।

सप्ताहको अन्तर्गत वैशाख २० गते अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता, सकारात्कम सोच तथा उत्प्रेरण तालिम, २१ गते लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना, २२ गते पूर्वी चितवन पत्रकार र जेसीजबीच मैत्रीपूर्ण फुटबल, २३ गते मानवसेवा आश्रम र असहाय वृद्ध कल्याणसमाजमा खाना खुवाउने कार्यक्रम, २४ गते सामूहिक व्रतबन्ध कार्यक्रम र २५ गते विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी वितरण कार्यक्रम तय गरिएको रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताले जानकारी दिए ।

सप्ताह उद्घाटन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर जेसीजका पूर्व अध्यक्ष निरज श्रेष्ठ, सौराहा जेसीजका अध्यक्ष सुरेश भूषाल लगायतले मन्तव्य राखेका थिए । रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम महासचिव नरहरि पुरी सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker