एकता शिशु निकेतनमा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं १० मा रहेको एकता शिशु निकेतनका शिक्षक र अभिभावकहरुलाई शुक्रबार आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ ।

विद्यार्थीहरुलाई सही मार्ग निर्देशन गर्न अभिभावकको भूमिका र शिक्षकको जिम्मेवारीको विषयमा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको विद्यालयका प्राचार्य बालहरि देबकोटाले जानकारी दिए । आध्यामिक शिक्षा मार्फत विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षक र अभिभावकलाई प्रशिक्षण दिइएको उनको भनाई छ ।

जीवन विज्ञान नामक संस्थाका निर्देशक एलपी भानुशर्मा आचार्यले आध्यात्मिक शिक्षासंगै समाजमा बढ्दै गएको अपराध, कुरिती तथा आत्महत्या र रोकथामका उपायहरुको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटा,उपमेयर यादव प्रसाद पाठक,वडाध्यक्षहरु कलाधर पौडेल, कुलप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए । शिक्षक अभिभाबक संघका अध्यक्ष एकनाथ आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker