कालिकाका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दतीको बारेमा मंगलवार प्रशिक्षण दिइएकोे छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रम मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पछिल्लो समय आयुर्वेद चिकित्सा पद्दती विश्वासनीय बन्दै गइरहेको भन्दै उपचारमा उपकरणको प्रयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारी, आयुर्वेद चिकित्सकहरु डा.देवेन्द्र यादब, डा.खेमराज तिमिल्सिनाले आयुर्वेद उपचार पद्दती र महत्वको बारेमा प्रशिक्षण दिएका थिए । सो अबसरमा केन्द्र प्रमुख अधिकारीले महिला स्वास्थ्य स्वमंसेविका मार्फत आयुर्वेद चिकित्सा पद्दतीलाई विस्तार गर्ने उद्देश्य रहेको बताइन् । कार्यक्रममा नगर भित्रका ३७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडा नं ७ का वडाध्यक्ष कमलराज मोक्तान, स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारी, केन्द्रका लेखा प्रमुख बाबुराम पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker