गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई दुई लाखको खाद्यान्न सहयोग

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ११ मंगलपुरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई विहीबार खाद्यान्न सहयोग गरिएको छ ।

गैरे सेवा समाज जापानले केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुको लागि दुई लाख मुख्य बराबरको खाद्यान्न सहयोग गरेको हो । केन्द्रमा आयोजित एक औपचारिका कार्यक्रमका बीच संस्थाका अध्यक्ष हरिप्रसाद गैरेले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरेका थिए । अभियानकर्ता दीपक नेपालको पहलमा सो संस्थाले चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा गैरे सेवा समाज जापान संरक्षणहरु आत्मराम गैरे, झम्पलाल गैरे तथा कोपिला गैरे, यामलाल गैरे, लोकनाथ गैरे, सविता गैरे, गंगाधर गैरे, दीपक नेपाल, परशुराम गैरे, यामलाल भण्डारी, भीमप्रसाद गैरे, भानु गैरे, प्रविण गैरे, ज्ञानेन्द्रराज पाण्डे, सुजन नेपाल, अशोक लामा र राजन दंगाल लगायतको सहभागिता रहेको थियो । केन्द्रमा सीमान्तकृत चेपाङ समुदायका १४० जना बालबालिका आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker