प्यारागन माविमा व्यवहारिक शिक्षाकाे लागि बुक फ्रि डे

रत्ननगर । पूर्वीे चितवनकाे रत्ननगर १० स्थित प्यारागन मावि तथा क्वेष्ट माेडल कलेजले बुक फ्रि डे कार्यक्रम सुरु गरेकाे छ ।

विद्यार्थीलाई जीवन उपयाेगी र व्यवहारिक शिक्षा दिलाउन बुक फ्रि डे सुरु गरेकाे हाे । एक महिनामा एक दिन विद्यार्थी पाठ्यसामाग्री नलिई विद्यालय आउने र तालिका अनुसार जीवन उपयाेगी क्रियाकलापमा सहभागिता जनाउने प्राचार्य नेत्र बहादुर क्षेत्रीले बताए । शिक्षण सिकाईमा विषय केन्द्रित हुँदा विद्यार्थीहरु दैनिक जीवनमा गर्नुपर्ने क्रियाकलापप्रति चासाे कम हुने भएकाले व्यवहारिक शिक्षाका लागि बुक फ्रि डे कार्यक्रम सुरु गरिएकाे उनले जानकारी दिए । आइतबार देखि औपचारिक रुपमा सुरु गरिएकाे छ ।

पहिलाे चरणमा अडियाे भिडियाे मार्फत नैतिक शिक्षा, कक्षा सजावट, विद्यार्थीकाे जन्माेत्सव तालिका सहित जीवन उपयाेगी सिकाई अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्म टाई लगाउने, रिवन लगाउन र जुत्ता लगाउन सिकाईने छ । कक्षा ६ देखि १० सम्मलाई सियाेधागाे कार्यक्रम सहित प्लम्बिङ, ईलेक्ट्रिसियन तथा कृषि र काैसी खेतकाे बारेमा व्यवहारिक ज्ञान दिलाउने प्राचार्य क्षेत्रीले बताए । उद्यमशिलता र घरायसी काममा समेत विद्यार्थीकाे लगाब बढाउन भान्सामा गर्नु पर्ने कामकाे समेत विद्यालयमै व्यवहारिक अभ्यास गराउने गरि एक बर्षे तालिका तयार गरिएकाे छ । याे हामीले चितवनमै नयाँ कार्यक्रम सुरु गरेका छाैं प्राचार्य क्षेत्रीले भने यसले समाजमा सकारात्मक प्रभाव पर्ने छ ।

स्नातक सम्म पढाइ हुने साे विद्यालयमा हाल ८१५ जना विद्यार्थी अध्ययनरत रहेकाे व्यवस्थापन समितिका अध्यक्ष निराजन खनालले जानकारी दिए । कक्षा १० सम्म मात्र ४२१ विद्यार्थी छन् । कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरि बुक फ्रि डे कार्यक्रम सुरु गरिएकाे अध्यक्ष खनालले बताए । २०६० सालमा स्थापना भएकाे साे विद्यालय २०६३ सालबाट एसईइमा सहभागी भएकाे हाे । प्लस २ मा जिल्ला प्रथम र द्धितीय हुँदै स्नातकमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकाे अध्यक्ष खनालले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker