बैरियामा विकासको ग्रोसरीको शाखा उद्घाटन

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० बैरियामा विकासको ग्रोसरी इन्टरप्राइजेजको पहिलो शाखा उद्घाटन गरिएको छ ।

सञ्चालक विकास पौडेलका पिता मुनिश्वर पौडेल र माता जानुका पौडेलले एक औपचारिक कार्यक्रमका बीच ग्रोसरीको शाखा उद्घाटन गरेका हुन ।

दुध,दही,तरकारी फलफुल सहित दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने गरी ग्रोसरी सञ्चालनमा ल्याइएको सञ्चालक पौडेलले जानकारी दिए । घरघरमै पुगेर अर्डर लिने र आवश्यक सामाग्री घरमै डेलिभरी गर्ने सुविधा समेत उपलब्ध रहेको उनले बताए ।

ग्रोसरीको पहिलो शाखा बैरिया मावि अगाडि सुरु गरिएको हो । विद्यालय नजिकै रहेका कारण ग्रोसरीले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने गरी स्टल नै राखेको छ । सञ्चालक पौडेलले स्थानीय आवश्यकताको पहिचान गरी एक करोड ३० लाखको लगानीमा ग्रोसरी सञ्चालनमा ल्याएका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker