नेपाल मा बि को खस्कदो अवस्था प्रती राष्ट्रिय स्वतन्त्र पार्टीको चासो

नगर प्रमुख, वडा अध्यक्ष र बिद्यालय प्रशासनलाई बुझायो ध्यानाकर्षण पत्र

०१ जेठ, सोमबार
रत्ननगर, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी रत्ननगरले नेपाल नमुना माद्यमिक बिद्यालयको छबी धमिलिएको ठहर गर्दै केही प्रश्न समेटिएको ध्यानाकर्षण पत्र रत्ननगर नगर प्रमुख प्रलाद सापकोटा समक्ष बुझाएको छ । बिद्यालयको समस्यामा मुकदर्शक नबन्न र ठोस कदम चाल्न नगर प्रमुखलाई पार्टिका सभापति रामनाथ भट्टराइले सुझाएका हुन । सोही ध्यानाकर्षण पत्र बिद्यालय प्रशासनमा र बडा नं २ को कार्यालयमा वडा अध्यक्ष राजेन्द्र घिमिरे समक्ष बुझाएको भट्टराइले जानकारी दिएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टिको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख प्रलाद सापकोटा र नगर शिक्षा अधिकारी बद्री नारायण शर्मा

पुर्वी चितवनको शैक्षिक धरोहरको रुपमा स्थापित नेपाल ममुना मा बि भौतिक पुर्वाधार र साधनस्रोतले सु-सम्पन्न रहेतापनी अपेक्षित शैक्षिक गुणस्तर र समाजमा विश्वसनीयता कायम गर्न नसकेको पार्टिले ठहर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । संस्थालाई संस्थागत ढंगबाट नचलाई ब्यक्तिगत मनोमानी तथा गैरजिम्मेवारी ढंगबाट संचालन गरेकोमा पार्टिले बिमती प्रकट गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टिको ध्यानाकर्षण पत्र

विद्यालयलाई मुद्धा मामिलामा फसाउने गरी करिब तीस लाख भन्दा बढीको बेन्च खरिद गर्दा प्रचलित खरिद ऐनको पालना किन नगरेको, विगतमा निजी स्रोतमा स्थायी गरिएका शिक्षकलाई संस्थामाथी आर्थिक व्ययभार परेको कारण देखाई स्थायी नियुक्ती बदर गरिएको नजीर विद्यमान रहेको अवस्थामा पहुँचको आधारमा मनोमानी ढंगबाट निजी स्रोतमा बरियता क्रम मिचेर स्थायी नियुक्ती गर्नुको कारण के, विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसक्नुको कारण के, विद्यालयले अनिवार्य रुपमा गर्नुपर्ने सामाजिक लेखा परीक्षण समिति नबन्नु र नगराउनुको कारण के, शिक्षक अभिभावक संघ नबन्नुको कारण के र विज्ञान संकायमा दिनानुदिन विद्यार्थी संख्या घट्दै जानुको कारण के लगायतका प्रश्न बुँदागतरुपमा ध्यानाकर्षण पत्र मार्फत प्रश्न राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टिको ध्यानाकर्षण पत्र बुझ्दै वडा नं २ का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरे

राष्ट्रिय स्वतन्त्र पार्टि रत्ननगरका नगर सभापति रामनाथ भट्टराई द्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा बिद्यालय एक बिशुद्ध शैक्षिक संस्था भएको र संस्था भित्रको बिसंगती, बेथिती र भ्रष्टाचारको अन्त्यका लागि आफ्नो पार्टी सच्चा पहरेदार बनेर अगाडी उभिने पत्रमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker