समाजबादीद्धारा भष्टाचार विरुद्ध प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

रत्ननगर । नेकपा एकीकृत समाजबादी जिल्ला कमिटी चितवनले भष्टाचार विरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कडा कारबाही र नाम जाेडिएकालाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरिएकाे छ । साे पार्टीले चितवनका प्रजिअ सुरेन्द्र पाैडेल मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएकाे हाे । साे पार्टीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीले प्रजिअ पाैडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगर स्तरका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेकाे जिल्ला सदस्य ईश्वरराज अधिकारीले जानकारी दिए ।

नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्ताे जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञपनपत्र उल्लेख गरिएकाे छ । नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन आजसम्म सरकारने राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेकाे उल्लेख गरिएकाे छ । देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा सत्वालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जनाइएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker