टिकौलीमा रत्ननगर कप फुटबल : कैलाशलाई हराउदै रामपुर रोडर्स विजयी

रत्ननगर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको दोस्रो खेलमा रामपुर रोड्र्स विजयी भएको छ ।

कैलाश युथ क्लवलाई शुन्यका विरुद्ध ६ गोलले पछि पार्दै रामपुर रोडर्स विजयी भएको हो । प्रतियोगितामा रामपुर रोडर्स विजयी भएका सन्तबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासीका टिमहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार दुईवटा खेल हुँदैछन् । पहिलो खेल कालिका युनाइटेड फुटबल क्लब र भरतपुर २४ तथा दोस्रो खेल न्यू पञ्चदिप युथ क्लव र एभरेष्ट युथ क्लव बीच हुने आयोजकले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker