रत्ननगर कप फुटबल : आज जिरौना र भरतपुर २४ भिड्दै

रत्ननगर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगिता अन्तर्गत आज आतबारदेखि क्वाटर फाइलन सुरु हुँदै छ ।

पहिलो क्वाटरफाइन खेल जिरौना युवा क्लव र भरतपुर २४ बीच हुने आयोजक राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगरकमिटीका अध्यक्ष सन्देश पन्तले जानकारी दिए । खेल दिउसो ५ बजे सुरु हुने छ । शनिबार भएको खेलमा अभिषेक चर्जलाई पराजित गर्दै भरतपुर फुटबल क्लव विजयी भएको छ । भरतपरले एकका विरुद्ध दुई गोल अन्तरले अभिषेक चर्जलाई पराजित गरेको हो । उत्कृष्ट खेल प्रर्दशन गरेका भरतपुर फुटबल क्लवका राजु भूषाल म्यान अफ दी म्याच घोषित भएका थिए । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले प्रतियोगिताको आयोजना गरेको हो । जेठ १ गतेबाट सुरु भएको सो प्रतियोगिता १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासीका टिमहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker