प्रथम रत्ननगर कप : जिरौना फुटबल क्लब सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगितामा जिरौना फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा भरतपुर २४ लाई पराजित गर्दै जिरौना फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट एकएक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । सुटआउटमा ६ का विरुद्ध ५ गोल अन्तरले भरतपुरलाई जिरौनाले पराजित गरेको हो । निर्धारित समयमा जिरौनाको तर्फबाट शिव चौलागाई र भरतपुर २४ को तर्फबाट जेविन छामिछानेले एकएक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको जिरौनाका किप्पर दर्शन कँडेल म्यान अफि दी म्याच घोषित भएका थिए । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले प्रतियोगिता आयोजना गरेको हो ।

जेठ १ गतेबाट सुरु भएको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका सचिव बाबुराम परियारले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker