रत्ननगरका महिलालाई मासुको अचार बनाउने तालिम

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका विपन्न समुदायका महिलाहरुका लागि मासुको अचार बनाउने तालिम विहीबार देखि सुरु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं १२ को सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघ र मंगलपुर महिला उद्यमी समुहको सयुक्त आयोजनामा गरिएको तालिममा ३५ जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा वडाध्यक्ष सुन्दरमणि सुवेदीले विपन्न समुदायका महिलाहरुलाई सीप विकास मार्फत आत्मनिर्भर बनाउन माछा र मासुको अचार बनाउने तालिम सुरु गरिएको बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले नयाँ प्रयोगको रुपमा मासुको अचार बनाउने तालिम सुरु गरिएको बताए । संघ अन्तर्गतको महिला प्रबद्र्धन समिति संयोजक विरन्जना घिमिरेले ग्रामिण क्षेत्रका विपन्न महिलाहरुको पहिचान गरी सीप विकास मार्फत आत्मनिर्भर बनाउन तालिम सुरु गरिएको बताइन् ।

चार दिने सो तालिममा सहभागीहरुलाई मुना श्रेष्ठले अचार बनाउन सिकाउने छिन । उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, उपाध्यक्ष रघुनाथ भट्ट, महासचिव निराजन खनाल, वडा नं १२ का वडा सचिव शंकर बहादुर गिरी, मंगलपुर महिला उद्यमी समुहकी अध्यक्ष लक्ष्मी गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker