जुटपानी खानेपानीकाे मतदान सकियाे, ७० प्रतिशत मत खस्याे

कालिका । पूर्वी चितवनकाे कालिका नगरपालिकामा रहेकाे जुटपानी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे नयाँ नेतृत्वकाे लागि भएकाे मतदान सकिएकाे छ ।

२ हजार ३६० मतदाता रहेकाेमा ७० प्रतिशत अतार्थ १ हजार ६४४ मत खसेकाे छ । साे संस्थाकाे कार्यसमिति,लेखा समिति, वडा संयाेजक तथा अनुगमन समितिकाे संयाेजक तथा सदस्यका लागि नगरमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाले छुट्टाछुट्टै उम्मेद्वार उठाएका छन् ।

एमालेबाट अध्यक्षमा हाेमबहादुर गुरुङ, नेपाली कांग्रेसबाट यदुप्रसाद खतिवडा, माओवादी केन्द्रबाट सुवास खनाल, रास्वपाबाट उमाकान्त बराल र राप्रपाबाट साेमबहादुर खड्का चुनावी मैदानमा छन् । उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, बाबुराम अर्याल, लक्ष्मी प्रसाद शर्मा, डिलमाया बस्याल सापकाेटा, इश्वरी प्रसाद चापागाई, सचिवमा रघुनाथ सापकाेटा, राजेश गाैली, लीला बहादुर रायमाझी, सन्ताेष भण्डारी र खिलप्रसाद ओझा चुनावी मैदानमा छन् । त्यसैगरी काेषाध्यक्षमा रिता भट्ट पाठक, सुमित्रा अधिकारी, प्रमिता रिजाल, रमा सुवेदी र सहसचिवमा बसन्धरी न्याैपाने, लक्ष्मी शर्मा, अनिता लामा, सुमित्रा भट्टराई चुनावी मैदानमा छन् । मतदानबाट पदाधिकारी सहित कार्यसमित, लेखा समिति संयाेजक तथा सदस्य, वडा संयाेजक तथा सदस्य,अनुमगन संयाेजक तथा सदस्य चयन गर्ने निर्वाचन समितिका संयाेजक लालुप्रसाद दाहालले जानकारी दिए । मतदान हाेटल कालिका ब्यन्क्वेटमा भएकाे थियाे । मत गणना भने महिला सञ्जालकाे भवनमा गरिने जनाइएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker