सिन्धुलीका व्यवसायीलाई रत्ननगरमा स्वागत : व्यवसाय प्रर्बद्धन सम्बन्धी छलफल

रत्ननगर उद्योग वाणिज्य संघमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष लगायत कार्यसमिति सदस्य, विभिन्न बस्तुगत समितिका प्रतिनिधिहरुलाई स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै व्यवसायीहरुले आर्थिक विकाससंगसंगै व्यवसायिक हक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले भ्रमणको उद्देश्य सहित सिन्धुलीमा पर्यटन, कृषि र जलविद्युतमा लगानीको अवसर रहेको भन्दै उद्योग व्यवसायीहरुलाई लगानी गर्नका लागि आव्हान गरे ।
रत्ननगर उद्योग वाणिज्य संघ र सिन्धुली उद्योग वाणिज्य संघका व्यवसायीहरु बीच एक आपसमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको थियो । उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, सिन्धुली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु, बस्तुगत समितिका अध्यक्षको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाले संचालन गरेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री शंकर गिरीले धन्यवाद मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker