मानब अधिकार संरक्षण मञ्च चितवनको अध्यक्षमा विक चयन

भरतपुर । माबन अधिकार संरक्षण मञ्च चितवनको अध्यक्षमा डा.यमबहादुर विक चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न मञ्चको सातौं साधारण सभा तथा अधिवेशनले विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमहरि सुवेदी, सचिवमा ज्वाला पुरी वन, कोषाध्यक्षमा मन्जु खाँड, सहसचिवमा महेन्द्र सिग्देल र सदस्यहरुमा लेखनाथ खनाल, रामचन्द्र देवकोटा, अधिबक्ता विनोद मिश्र, सरस्वती लामा, एकराज शर्मा, विनोद मिश्र र सरिता सापकोटा चयन भएका छन् ।

प्रदेश सांसद जेएन थपलियाको प्रमुख अतिथि रहेको सो कार्यक्रम अधिबक्ता कल्पना उप्रेतीको अध्यक्षतामा भएको हो । मानब अधिकारको क्षेत्रमा क्रियाशिल हरि अधिकारी, मुकुन्द दाहाल, राजेन्द्र पौडेल, विश्वराज ओझा, बालकृष्ण पौडेल, दीपक लामिछाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रेमहरि सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker