रत्ननगरमा प्लाष्टिक प्रयोग न्यूनीकरणबारे अन्तर्क्रिया

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनिकरण सम्बन्धी अन्तर्क्रियात्मक विचार गोष्ठी गरिएको छ ।

विश्व वाताबरण दिबसको अबसरमा रोटरी क्लव अफ रत्ननगर, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र न्यू क्यापिटन कलेजको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रल्हाद सापकोटाले जलाधार र सीमसार क्षेत्र जोगाउन सकिएन भने भावि सन्ततीले खानेपानीको चरम अभाव झल्नु पर्ने अबस्था आउने बताए । बाताबरण विग्रिदै गएको भन्दै उनले जलाधार र सीमसार क्षेत्र संरक्षण नगरे खानेपानीको हाहाकार हुने बताए ।

कार्यक्रममा प्लाष्टिक प्रयोगको प्रयोगले बाताबरणमा परेको असर र खानेपानीको समुचित प्रयोग र सुरक्षाको विषयमा विषय विज्ञहरुले विचार तथा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बक्ताहरुले प्लाष्टिकजन्य बस्तु र अन्य फोहोर व्यवस्थापनमा ध्यान नदिदा वाताबरण विग्रिएको भन्दै उनीहरुले वाताबरण संरक्षण र खानेपानीको मुहान संरक्षणको लागि सरकारले सोच्ने बेला आएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका बरिष्ठ रेन्जर तथा प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ ऋषि सुवेदीले प्लाष्टिक र प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनीकरण तथा रत्ननगर खानेपानीका इन्जिनियर ज्ञानप्रकास पौडेलले खानेपानीको व्यवस्थापन, मुहान संरक्षण र पानी सुरक्षाका विषयमा प्रस्तुती गरेका थिए । सो अबसरमा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्यालले खानेपानीको मुहान संरक्षणमा सरकार उदासीन रहेको बताए ।

सडक र ढल निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको भन्दै उनले खानेपानीको मुहान,जलाधार र सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चासो नदिएको बताए । रोटरी क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीका पूर्व अध्यक्ष प्रेमकृष्ण खनाल,न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल,रत्ननगर खानेपानीका सचिव प्रताप डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रोटरी क्लवकी सदस्य अनिता अर्यालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि,खानेपानीका वडासंयोजक तथा सदस्य, रोटरी क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker