रत्ननगर उवासंघमा आधारभूत व्यवहारिक लेखा तालिम सुरु

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघ आयोजना तथा रत्ननगर नगरपालिका वडा नं.२ को सहयोग आधारभूत व्यवहारिक लेखा तालिम सोमबारदेखि सुरु भएको छ ।

साना तथा मझौला उद्योगी, व्यवसायीहरुलाई लेखा तालिमको माध्यमबाट आफ्नो व्यवसायको हिसावहरु व्यवस्थित रुपमा राख्न र आर्थिक क्रियाकलापलाई सहज बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । पाँच दिन सम्म संचालन हुने तालिममा साना तथा मझौला करदाताहरुलाई खरिद खाता र विक्री खाता, भ्याट बिल काट्ने तरिका, स्टक खाता मिलाउने र कर सम्वन्धी जानकारीहरु प्रयोगात्मक रुपमा सिकाइने संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं.२ का वडा अध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले व्यवसायीको हकहितका लागि दुई संस्थाको सहकार्यमा व्यवसायीहरुलाई उपलव्धी मूलक तालिमहरु आयोजना गर्न सदैव तत्पर रहेको बताए । उक्त तालिममा ४१ जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग वाणिज्य संघका बस्तुगत उपाध्यक्ष रघुनाथ भट्टज्यूको संयोजकत्वमा तालिम आयोजना गरिएको हो ।

तालिममा सहभागीहरुलाई द्धारिका रिजाल सहजीकरण गरेका छन् । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरु नरेन्द्र श्रेष्ठ, संजीवप्रसाद पौडेल, राधा देवी विश्वकर्मा, वडा नं.२ का वडा सचिव संघर्षराज खनाल, कर्मचारी सन्तोष दुवाडी र रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रम महासचिव निराजन खनालले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker