
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम मंगलवार देखि सुरु भएको छ ।
रत्ननगर वडा नं. १० ले आयोजना गरेको सो तालिममा वडा भित्रका ६० जनाको सहभागिता रहेको छ ।
महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित सो तालिममा उद्घोषण र भाषणकलाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ ।
कार्यक्रममा बोल्दै वडाका सचिव सुरेन्द्र चौधरीले तालिमले आत्मविश्वास बढाउनुका साथै व्यक्तिमा निखारता ल्याउने बताए । उनले महिलाको क्षमता विकासको लागि बोल्नेकला आवश्यक रहेको भन्दै तालिम मत्वपूर्ण हुने बताए ।
कार्यक्रममा वडा नं. १० की वडा सदस्य पूर्णीमा नेपाली, गोमा भण्डारी, एकता शिशु निकेतनका शिक्षक सन्तोष अधिकारी लगायतले मनतव्य राखेका थिए ।
