विश्व बाताबरण दिबस : ऐतिहासिक महत्वको पञ्चनदी सरसफाई

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ मा रहेको एतिहासिक महत्व बोकेको पञ्चनदी सोमबार सरसफाई गरिएको छ । विश्व वाताबरण दिबसमा अबसरमा वडा कार्यालय र रत्ननगर जुनियर जेसीजले सयुक्त रुपमा सरसफाई गरेका हुन ।

 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका कामदार, टोल विकास संस्था,आमा समुह तथा जुनियर जेसीजमा आबद्ध युवाहरुले नदी सरसफाई गरेका हुन । एतिहासिक महत्व बोकेको पञ्चनदी पछिल्लो समय जलकुम्भी झारको चपेटमा परेको छ । स्थानीय सरकारले संरक्षणमा चासो नदिएका कारण बलियो जलाधार क्षेत्र भएको सो नदी संकटपूर्ण अबस्थामा रहेको छ ।

 

वडाध्यक्ष सुन्दरमणि सुवेदीले पञ्चनदी संरक्षणको काम अगाडि बढेको बताए । संरक्षणको लागि समिति समेत बनाइएको भन्दै उनले अब निरन्तर सरसफाई गरी पर्यापर्यटनको विकास गर्ने बताए । कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष श्यामकुमार श्रेष्ठ, पञ्चकन्या जल उपभोक्ता संस्थाका अध्यक्ष विष्णुहरि देवकोटा, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्ण बगाले लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker