इप्रका टाँडीद्वारा हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको १० वटा मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

 

मोवाईल चोरी तथा हराएको भनि निवेदन प्राप्त भएको आधारमा फेला पारिएको १० वटा मोबाइल सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको हो । काठमाडौं स्थित भोटाहिटीमा नेपाल प्रहरीको साईवर ब्युरो नामक छुट्टै बिभाग खडा गरी खोजतलासका क्रममा विभिन्न स्थानबाट उक्त मोबाइलहरु फेला पारिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिए ।

 

रमा पौडेल, शिरिस भण्डारी, भूपेन्द्र विक, इश्वरराज अधिकारी, विनोद पौडेल, राजकुमार ढकाल, खिलमाया श्रेष्ठ, चन्द्र महतो,हरिप्रसाद सिलवाल र लक्ष्मी पाण्डेले हराएको मोवाइल हात पारेका छन् । मोवाइल हस्तान्तरण कार्यक्रममा रत्ननगर वडा नं ८ का इश्वरराज अधिकारीले एक बर्ष अघि सौराहाचोकबाट हराएको मोवाइल पाउदा खुुसी लागेको बताए । पाइन्छ भन्ने आश थिएन उनले भने प्रहरीमा निवेदन दिएको थिए,आज मोवाइल हात पर्‍यो ।

 

यसअघि चैत्र ९ गते १९ वटा मोबाईल सम्बन्धित धनीलाई बुझाएको अर्का प्रहरी निरीक्षक दिपेन्द्र अधिकारीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker