
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले सोमबार बृक्षारोपण कार्यक्रम गरेको छ । विश्व बाताबरण दिबसमा अबसर नगरपालिकाको कार्यालय परिसर तथा १६ वटै वडा कार्यालय मार्फत बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रमको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उद्घाटन गरेपछि वडागत रुपमा बृक्षारोपण गरिएको हो । सो अबसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले वाताबरण विग्रिदै जाँदा पृथ्वीमा तापक्रम बढ्दै गएको भन्दै बृक्षारोपण र फोहोर व्यवस्थापनको कामलाई संगसंगै अगाडि बढाउन आवश्यक रहेको बताए ।
वन बाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुन्दरमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम वन बाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले सञ्चालन गरेका थिए ।
