रत्ननगरका बालबालिकालाई लागु पदार्थ दुर्व्यसनी र यौन दुर्व्यवहार सम्बन्धि सचेतना 

रत्ननगर, जेठ २३ ।

पूर्वी चितवनको रत्ननगरमा लागु पदार्थ दुर्व्यसनी,यौन दुर्व्यवहार सम्बन्धि सचेतना र ट्राफिक नियम सम्बधि अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा नम्बर १६ का बालबालिकाको लागि सोमबार रत्ननगर जुनियर जेसीजले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १०० जना भन्दा बढी बालबालिका सहभागि भएको जेसिजका अध्यक्ष सन्दर्भ खनालले जानकारी दिए । वडा नम्बर १६ को समन्वय र इलाका प्रहरी कार्यालय रत्ननगर को सहयोगमा गरिएको कार्यक्रममा इप्रका टाँडीका पवन वस्नेतले प्रशिक्षण दिएका थिए । वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वडा सदस्यहरु चिज कुमार श्रेष्ठ ,रिता विक, सरिता गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker