रत्ननगरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रत्ननगर सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । नेपाली सेनाको श्री नं २ विपद् व्यवस्थापन गण रसौलीको सहकार्यमा रत्ननगर नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै मेयर प्रल्हाद सापकोटाले विपद् जोखिम न्यूनीकरणको पूर्ण तयारीमा रत्ननगर नगरपालिका रहेको बताए । जनशक्ति र स्रोत व्यवस्थापनको हिसाबले हामी पूर्ण तयारीमा छौं उनले भने विपद्मा ठुलो क्षति हुन नदिने गरी तयारी गरेका छौं ।

श्री नं २ विपद् व्यवस्थापन गण रसौलीका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठले विपद् जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि अहिले सम्म विभिन्न पालिकाका २ हजार बढी युवाहरुलाई तालिम दिइएको बताए । वन,बाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुन्दरमणि सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले तालिमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

सो तालिममा १६ वटा वडाका ४८ जनाको सहभागिताका रहेको वन,बाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए । तालिममा श्री नं २ विपद् व्यवस्थापन गणका क्याप्टेन केशबराज धामीले शैद्धान्तिक र प्रयोगात्मक तरिकाले प्रशिक्षण दिएका छन् ।

तालिम चार दिन सम्म चल्ने छ । उद्घाटन कार्यक्रममा विज्ञ सल्लहाकार रामहरि न्यौपाने, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी लगायतको सहभागिता रहेको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker