गर्मी नघटेपछी रत्ननगरका विद्यालयमा दिइएको बिदा थपियो

रत्ननगर, जेठ २४ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले तापक्रम नघटेपछी नगरभित्रका विद्यालयलाई दिइएको गर्मी बिदा लम्ब्याएको छ ।नगरपालिकाले यसअघि जेठ २४ गतेसम्म दिइएको बिदा २ दिन थप गर्दै २६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । नगरपालिकाले बुधबार सुचना जारी गर्दै बर्षे बिदाबाट कट्टे हुनेगरी जेठ २६ गतेसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय र सबै मन्टेश्वरी बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माद्वारा हस्ताक्षरित सुचनामा विभिन्न माध्यम र विधिको उपयोग गरी गराई विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न पनि अनुरोध गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker