गर्मी नघटेपछी दोस्रो पटक थपियो रत्ननगरका विद्यालयमा दिइएको बिदा 

रत्ननगर, जेठ २६ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले तापक्रम नघटेपछी नगरभित्रका विद्यालयलाई दिइएको गर्मी बिदा लम्ब्याएको छ । नगरपालिकाले जेठ २६ गतेसम्म दिइएको बिदा दोस्रो पटक थप गर्दै जेठ २९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले शुक्रबार सुचना जारी गर्दै बर्षे बिदाबाट कट्टे हुनेगरी जेठ २९ गतेसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय र सबै मन्टेश्वरी बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले जारी गरेको सुचनामा विभिन्न माध्यम र विधिको उपयोग गरी गराई विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न पनि अनुरोध गरिएको छ ।  जेठ १९ गतेदेखी नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker