व्यावसायीलाई आधारभूत व्यवहारिक सन्बन्धी प्रयोगात्मक लेखा तालिम 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका व्यावसायीलाई आधारभूत व्यवहारिक लेखा सम्बन्धी तालिम दिइएको छ । रत्ननगर उद्योग वाणिज्य संघ आयोजना तथा रत्ननगर नगरपालिका वडा नं.२ को सहयोगमा गरिएको आधारभूत व्यवहारिक लेखा तालिमको समापन भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षता र रत्ननगर नगरपालिका वडा नं.२ का वडा सदस्य एवं जिल्ला समन्वय समिति चितवनका सदस्य संजीव प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । पाँच दिन सम्म संचालन भएको तालिममा साना तथा मझौला करदाताहरुलाई खरिद खाता र विक्री खाता, भ्याट बिल काट्ने तरिका, स्टक खाता मिलाउने र कर सम्वन्धी प्रयोगात्मक रुपमा प्रशिक्षण दिइएको हो ।

समापन कार्यक्रममा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई लेखा तालिमको माध्यमबाट आफ्नो व्यवसायको व्यवस्थित रुपमा राख्न र आर्थिक क्रियाकलापमा बृद्धि पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । वक्ताहरुले व्यवसायिहरुले व्यवहारिक र सैद्धान्तिक ज्ञानको कमीले दण्ड, जरिवाना तिर्नुपर्ने, मिक्स म्याचमा पर्ने हुंदा लेखालाई व्यवस्थीत रुपमा राख्नुपर्ने बताएका थिए । आन्तरिक राजश्व कार्यालय खैरहनीका प्रमुख कर अधिकृत अर्जुन पन्थीले आयकर, मुल्य अभिबृद्धि करमा दर्ता हुनुपर्ने अवस्था र मुल्य अभिवृद्धि करमा २०८० को विधेयकले गरेका परिवर्तनहरु र कर सम्वन्धी प्रशिक्षण दिएका छन् । कार्यक्रममा सहभागी मिना श्रेष्ठले साना व्यवसायीहरुलाई लेखा तालिमबाट आफ्नो क्षमता अभिवृद्धि भएको भन्दै यस्ता तालिमहरु आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइन् । पाँच दिने सो तालिममा सहभागीहरुलाई द्धारिका रिजाल लेखा तालिम प्रशिक्षक रहेका थिए ।

समापन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो । संघका उपाध्यक्ष बस्तुगत एवं लेखा तालिमका संयोजक रघुनाथ भट्टले धन्यवाद मन्तव्य राखेका कार्यक्रम महासचिव निराजन खनालले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker