सकियो भाषा सम्पादन सम्बन्धी तालिम

रत्ननगर । पूर्वी चितवनका क्रियाशिल पत्रकारहरुलाई भाषा सम्पादन सम्बन्धी तालिम दिइएको छ । विप्स मिडियाको संयोजनमा रत्ननगर नगरपालिकाले आयोजना गरेको सो तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

लामो समय देखि पत्रकारितामा क्रियाशिल पत्रकारहरुको लेखनमा निखरता तथा भाषागत त्रृटि दोहोरिन नदिन तालिम आयोजना गरिएको हो । समापन कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सो अबसरमा उनले तथ्यपरक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै त्यसले पत्रकारिताप्रतिको विश्वासनियता समेत बढाउने बताए । उनले नगरपालिकामा भएको भष्टाचारका समाचार प्रमाणसहित लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरे । मेयर सापकोटाले जनप्रतिनिधिलाई सचेत गराउने र नगरको विकास निर्माणमा भएका काम र उपलब्धीको समेत समाचारको विषय बनाउन पत्रकारहरुलाई आग्रह गरे । दुई दिने सो तालिममा विमल आचार्यले प्रशिक्षण दिएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker