रत्ननगर खानेपानीले दैनिक साढे ५ घण्टा पानी वितरण बन्द गर्ने 

जेठ २९, रत्ननगर ।

पूर्वी चितवनको रत्ननगर खानेपानीले दैनिक साढे ५ घन्टा पानी वितरण बन्द गर्ने भएको छ । खडेरीका कारण आजबाट पानी वितरण बन्द गर्न लागेको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्यालले जानकारी दिए । उनले आजबाट बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म र दिउँसो ३ : ३० देखी बेलुकी ५ बजेसम्म पानी वितरण बन्द हुने बताए । खडेरीले उत्पन्न परिस्थिती र प्राविधिक समस्याका कारण पानी वितरण बन्द गर्नुपरेको र स्थिती सामान्य भए २४ सै घण्टा पानी वितरण हुने संस्थाले आइतबार जारी गरेको सुचनामा उल्लेख छ । रत्ननगर नगरपालीकाको १३ वटा वडामा पानी वितरण गर्दै आइरहेको खानेपानी संस्थाको १२ हजार ५०० जना उपभोक्ता रहेका छन् ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker