भोलीबाट रत्ननगरका विद्यालय कक्षा ४ देखी पढाई हुनेगरी खुल्दै

रत्ननगर, जेठ २९ ।

अत्यधिक गर्मीका कारण बन्द भएका रत्ननगर नगरपालिकाका विद्यालय भोलीबाट सञ्चालनमा आउने भएका छन् । नगर भित्रका विद्यालय कक्षा ४ देखी पढाई हुनेगरी भोली मंगलबारबाट संचालनमा आउने नगर शिक्षा अधिकारी बद्रि नारायण शर्माले जानकारी दिए । नगरपालिकाले सोमबार सुचना जारी गर्दै कक्षा ४ देखी १० सम्म दिवा कक्षा संचालन र पूर्व प्राथमिक देखी कक्षा ३ सम्म प्रत्यक्ष शिक्षण सिकाइका लागि विद्यालयमा उपस्थित नगराउन अनुरोध गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker