अधिकारकर्मीद्धारा पशु बधशालाको अनुगमन, व्यवस्थापन सुर्धान सुझाब

रत्ननगर । खैरहनी नगरपालिका वडा नं १ मा रहेको मिलिजुली बधशालाको सोमबार अनुगमन गरिएको छ । पशुकल्याणको क्षेत्रमा काम गर्दै आइरहेको एनिमल नेपालको नेतृत्वमा जनप्रतिनिधि, अधिकारकर्मी तथा पत्रकारहरुले सो बधशालाको अनुगमन गरेका हुन ।

 

पशुबधशालाको व्यवस्थापन, सरकारी मापदण्ड र मासुको अबस्थाका बारेमा स्थलगत अनुगमन गरेको एनिमल नेपालकी फिल्ड सुपरभाइजर दिपा केसीले जानकारी दिइन् । अनुगमनका क्रममा बधशालाले सरकारी मापदण्ड पुरा नगरेको पाइएको उनले बताइन् । अनुगमन टोलीले पशु बध गर्ने ठाउँको व्यवस्थित गर्न र बधशालाबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्न सञ्चालकलाई सुझाब दिएको छ ।

 

अनुगमनका क्रममा स्थानीय व्यापारीहरुसंग राँगा र भैसी खरिद गर्ने गरेकोले स्वास्थ्य परीक्षण नगरीएका पशुको मासु बजारमा पठाउने गरेको, बधशाला व्यवस्थित भएपनि अमानविय तरिका तरिकाले बध गर्ने गरेको, बध स्थलको भँुईमा सजिलै सफा गर्न मिल्ने खालको सतह नभएको, बध गरिएका पशुबाट निस्किएका हड्डी तथा मलको व्यवस्थापन दूर्गन्ध फैलिएको पाइएको फिल्ड सुपरभाइजर केसीले जानकारी दिइन् ।

 

रत्ननगर नगरपालिका वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, खैरहनी नगरपालिका वडा नं १ का वडाध्यक्ष नवराज भुषाल, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना,एनिमल नेपालका फिल्ड सुपरभाइजर देव उपाध्याय, फिल्ड अफिसर सुदिप आचार्य, पत्रकार विपिन शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो ।

 

सो अबसरमा मिलिजुली बधशालाका सञ्चालक मनोजकुमार खड्कीले जिल्लाको आवश्यकता अनुसार व्यवस्थित बधशाला सञ्चालन गरिएको भन्दै सरकारी मापदण्ड अनुसार बधशाला सञ्चालनमा रहेको दावी गरे । बधशाला निर्माणमा सरकारी सहयोग समेत रहेको भन्दै उनले कमी कमजोरीलाई सुधार गर्दै लैजाने बताए ।

 

२०७२ सालमा स्थापना भएको बधशालामा अहिले दैनिक ६ वटा भैसी र राँगा बध गरिदै आएको छ । त्यहा उत्पादन हुने मासु जिल्लामा बजारहरुमा खपथ हुने गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker