
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षको योजना छनौट गर्न टोल विकास संस्थासंग सोमबार अन्तर्किया गरिएको छ ।
स्थानीय आवश्यकताको पहिचान गरी आर्थिक बर्ष २०८०/८१ को वडागत बजेटमा योजना समाबेस गर्ने गरी टोल विकाससंस्थाका पदाधिकारीहरुसंग शुझाब संकलन तथा योजना माग गरिएको हो । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुले वडासमक्ष मौखिक तथा लिखित रुपमा योजना माग गरेका छन् । कार्यक्रममा सहभागीहरुले वडाको सरसफाई र ढल निर्माणलाई प्राथमिकता दिएर योजना माग गरेका छन् ।
विजुलीको पोल तथा चार फेज तार विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीको पूर्वाधार निर्माण, कृषिमा अनुदान वितरणलाई प्रभावकारी, आयआर्जनको लागि सीप मुलक तालिम तथा बाख्रपालन तालिम, सामुदायिक भवन निर्माण,सडक कालोपत्रे, ग्रेडर नेपालको नक्सा निर्माण,मल तथा विउमा अनुदान,परम्परागत संस्कृति संरक्षणमुलक कार्यक्रम ल्याउन माग गरिएको छ । कार्यक्रममा माझी मुसहर टोल विकास संस्थाकी अध्यक्ष बासमती माझीले मुसहर समुदायको जीविकोपार्जनको लागि बाख्रापालनको लागि अनुदान उपलब्ध गराउन माग गरिन । उनले मल र विउमा अनुदान तथा क्लव घर निर्माणको लागि बजेट विनियोजन गर्न वडाकार्यालयसंग माग गरेकी छन् ।
कार्यक्रममा चित्रसेन टोल विकास संस्थाका अध्यक्ष शंकर गिरी, चित्रवन टोल विकास संस्थाकी अध्यक्ष प्रभा थापा, दीपाली टोलका अध्यक्ष उमेश लामा,बाघमारा टोलकी अध्यक्ष रिता थापा, पूर्व जनप्रतिनिधि नेत्र गिरी, ब्रहमस्थान टोलका अध्यक्ष शिबप्रसाद आचार्य,पुरानो बाघमारा टोलका अध्यक्ष नरिश्वर पुरी, बगरटोलका अध्यक्ष दिलबहादुर तामाङ, इच्छाकामना टोलका अध्यक्ष निलप्रसाद अर्याल, गठौली टोलका अध्यक्ष चित्रराम महतो, मुनाल टोलका अध्यक्ष राजेन्द्र चौधरी, गोविन्द चौधरी, बर पिपल टोलकी सचिव पूर्णिमा अधिकारी, हर्दी टोलका अध्यक्ष सीताराम महतो लगायतले योजना पेश गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष कृष्ण चौधरीले चालुु आर्थिक बर्षमा गरेका कामको विवरण सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा पनि टोल टोलबाट आएको सुझाबका आधारमा योजना निर्माण गर्ने बताए । वडा सदस्य विष्णुप्रसाद आचार्यले स्वागत मन्तव्य राखेको सो कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।