रत्ननगरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा दुर्घटना न्यूनीकरणका लागि मंगलबार ट्राफिक जनचेतनामुलक कार्यक्रम गरिएको छ । योगदान राष्ट्रको लागि चितवनको आयोजनामा बढ्दो दुर्घटना न्यूनीकरणका लागि रत्ननगरका मुख्य बजार क्षेत्रमा सवारी साधनहरुमा चेतनामूलक स्टिकर टासेर ट्राफिक सचेतना गरिएको हो । संस्थाका अध्यक्ष टेकराज बुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि मेयर सापकोटाले दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनले गति कम गर्नुपर्ने सुझाव दिए । उनले टिकौली देखि लोथर सम्म ट्राफिक व्यवस्थापन चुस्त हुन जरुरी रहेको बताए । रत्ननगर नगरपालिकाले दुर्घटना न्यूनीकरण गर्न रत्ननगरका विभिन्न स्थानहरुमा सिसी क्यामेरा जडान गर्ने तयारी गरिरहेको उनको भनाई छ । उनले स्वच्छ चितवन बनाउनलाई जथाभावि फोहोर नफ्याक्न उनले आग्रह गरे । योगदान राष्ट्रको कानुनी सल्लाहकार केएन सिलवालले सफा चितवन बनाउन नगरमा चल्ने निजी तथा स्कुलका हरेक सवारी साधनहरुमा डस्विनको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रममा रत्ननगरका उप प्रमुख यादव प्रसाद पाठक, वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेन्द्र अधिकारी, ट्राफिक प्रहरी कार्यालय रत्ननगरका प्रमुख कृष्ण ज्यू ठकुरी, सामाजिक अभियनता ज्ञानेन्द्रराज पाण्डे, रत्नप्रिय क्लवका अध्यक्ष वसन्त राना मगर लगाएतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मण पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker