रत्ननगरमा सौर्य भेट फर्मा प्रा.लि.को उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सौर्य भेट फर्मा प्रा.लि.को बुधबार उद्घाटन गरिएको छ । पशुपंछीको औषधि र आहार विक्रीका लागि भेट फर्मा सञ्चालनमा ल्याइएको हो ।

उपचार सेवा सहित सञ्चालनमा ल्याइएको सो फर्माको रत्ननगरका मेयर प्रल्हाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । औषधि, उपचार र दानाको विश्वासनीयताको लागि पोल्ट्री व्यवसायीको लगानीमा भेट फर्मा सञ्चालनमा ल्याइएको सञ्चालक निराजन खनालले जानकारी दिए ।

पशुपंछीको उपचारको लागि डाक्टर र ल्याब सुविधा सहित औषधि, भ्याक्सीन, दाना र भिटामिन सुलभ मुल्यका विक्रीका लागि भेट फर्मा सञ्चालनमा ल्याइएको अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । लामो समय पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको करिब एक करोडको लगानीमा पसल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले पोल्ट्री क्षेत्रको विकासको लागि सौर्य भेट फर्माले भूमिका खेल्ने बताए । अत्मनिर्भर बनेको पोल्ट्री क्षेत्र कोरोना महामारी तथा आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै उनले यसको विकासका लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।

उद्घाटन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, नेपाल लेयर्स कुखुरापालन संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल, पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खनाल, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष रघुनाथ भट्ट लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker