रत्ननगरमा पञ्जीकरण व्यवस्थित गर्न अन्तरक्रिया

रत्नननर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा गुनासो सुनुवाइ तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सानै उमेरमा विवाह गर्नेलाई विवाह दर्ता र २० वर्षमुनि बच्चा जन्माएका कारण जन्मदर्ता गर्न समस्या रहेको बताए।

३५ दिनभित्र जन्म, विवाह, मृत्यु, सम्बध विच्छेद र बसाईंसराइ जस्ता घटनादर्ता गराउनुपर्नेमा चाहिएका बेला मात्र दर्ताग्य परिपाटीले पनि समस्या उत्पन्न भएको बताए ।

सुरक्षा तथा पञ्जीकरण उपशाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले रत्ननगरका १६ वटै वडामा गुनासो दर्ता समिति गठन भइसकेको जानकारी दिँदै निवेदन, सामाजिक सञ्जाल, टेलिफोन अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गर्न सकिने जानकारी दिए। उनले रत्ननगरमा सामाजिक सुरक्षा भत्ता लिएकाको मृत्यु भएपछि लगतकट्टा, मृत्यु दर्ता, बसाईं सराई, दोहोरो पना, पेन्सन लनेले पनि भत्ता लिने जस्ता समस्या रहेको जानकारी दिए ।

कार्यक्रममा गुनासो सुनुवाइ समितिका सदस्य एवं वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, नगर प्रवक्ता कुलप्रसाद सापकोटा , वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, वडाध्यक्षहरू वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker