
रत्ननगर, जेठ ३२ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले कुनै पनि कार्यक्रममा फुलमाला र खादा नलगाउने घोषणा गरेका छन् । बिहीबार फेसबुक मार्फत स्टाटस लेख्दै सापकोटाले कार्यक्रममा माला र खादा नलगाउने घोषणा गरेका हुन् ।
‘आदरणीय नगरवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरु तपाईहरुले आयोजना गर्नुभएको कार्यक्रममा नगर प्रमुखका लागि कुनै पनि प्रकारको खादा वा मायाको चिनोको ब्यबस्था नगर्नुहुन अनुरोध गर्दछु । ‘ उनले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन् ।
सापकोटाले फजुल खर्च न्यूनीकरणका लागि पनि सहयोगी हुनेछ भन्दै कुनै पनि प्रकारको खादा ,माला वा मायाको चिनोका लागि कष्ट नगर्न अनुरोध गरेका छन् ।