
खेमराज ढकाल/चितवन ।
विपश्यनाचार्य अक्कलध्वज गुरुङ्गका दुई कृति शनिवार एक कार्यक्रमका बिच बिमोचन भएको छ । कुखी शान्ति महाबौद्ध गुम्बा भरतपुर ७, कृष्णपुरको प्राङ्गणमा गुरुङ्गका जीवनका केही संस्मरण र बुद्ध र उनका उपदेश नामक दुई कृतिहरुको बिमोचन गरिएको हो । चितवनका पूर्व प्रमुख जिल्ला अधिकारी डिक बहादुर गुरुङ्ग प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,वाग्मती प्रदेशका पूर्व मन्त्री बिजय सुवेदी, नेकपा एमालेका नेता देवी ज्ञवाली, तमु ह्युला धोंज धी गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रिय समिति अध्यक्ष कर्ण बहादुर गुरुङ्ग बिशिष्ट अतिथि रहनु भएको थियो । गुरुङ्गका कृतिहरुमाथी शिक्षाविद रमाकान्त सापकोटा र साहित्यकार केदारनाथ खनालले समिक्षा गर्नु भएको थियो । जीवनका केही संस्मरण नाम कृतिमा गुरुङ्गका आफ्ना अनुभव र अनुभुतीलाई रोचक तवरबाट प्रस्तुत गरिएको छ भने बुद्ध र उनका उपदेशमा विपश्यना, बुद्ध धर्म र हामीले यापन गर्दै आएको जीवनको वास्तविक रुप प्रष्ट पारिएको छ । भरतपुर ७, प्रेमवस्ती निवासी ८४ बर्षिय गुरुङ्गको बुद्ध शिक्षा नामक कृति यस अघिनै प्रकाशित भै सकेको छ । कार्यक्रमका बिशिष्ठ अतिथि चितवनका प्रमुख जिलला अधिकारी सुरेन्द्र पौडेलले ८४ बर्षको उमेरमा पनि युवाजोशका साथ लेखन कार्यमा दत्तचित्त भएर लाग्न सक्नु चानचुने कुरो नभएको भन्दै गुरुङ्गको यस्ता खाले कार्यबाट हामी ले धेरै कुरा सिक्नु पर्ने र अनुसरण गर्नुपर्ने वताउनुभयो । शिक्षा तथा संस्कृतिबिद बाबुराम पाण्डेले स्वागत र साहित्यकार बालकृष्ण थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मन्त्री बिजय सुवेदी, नेकपा एमालेका नेता देवी ज्ञवाली, तमु ह्युला धोंज धी गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रिय समिति अध्यक्ष कर्ण बहादुर गुरुङ्ग,कुखी शान्ति महाबौद्ध गुम्बाका अध्यक्ष सुक बहादुर गुरुङ्ग,लेखक अक्कल ध्वज गुरुङ्ग , त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका बरिष्ठ सल्लाहकार पदम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।