
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शिक्षक कर्मचारीले गरेको आन्दोलनको जनप्रतिनिधि र अभिभावकले प्रतिबाद गरेका छन् ।सो नगरपालिकाको वडा नं १३ जयमंगलामा रहेको पञ्चकन्या माविमा शिक्षक कर्मचारीले लगाएको ताला वडाध्यक्ष पोटबहादुर घिमिरेले खोलेका हुन् ।
विद्यालयका कर्मचारीको तलब बृद्धिको माग गर्दै परिषद्ले देशव्यापी आन्दोलनको घोषणा गरि विहानदेखि सामुदायिक विद्यालय बन्द गरेका छन् ।अभिभावकहरु राजन दंगाल, लक्ष्मण पौडेल लगायतका अभिभावकहरुको प्रयासमा वडाध्यक्ष घिमिरेले विद्यालयको मुल गेटमा लगाएको ताला खोलेका हुन् ।
विद्यालय कर्मचारीहरुको आन्दोलनबारे पूर्व जानकारी नहुँदा १० बजे विद्यालय आएका विद्यार्थीहरु गेटबाट फर्किएका थिए । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले विद्यालय बन्द नगर्न विहानै निर्देशन दिएका थिए । सामाजिक सञ्जाल मार्फत हुने माग पूरा गर्न विकल्पको बाटो अबलम्बन गर्न आग्रह गर्दै मेयर सापकोटाले विद्यालय सुचारु गर्न निर्देशन दिएका हुन् ।