
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही असार १५ र १६ गते बृत्ती मार्ग निर्देशन तथा राेजगार मेला हुने भएकाे छ ।
श्रम बजारमा राेगजारीकाे पहिचानकाे लागि मेला आयाेजना गर्न लागिएकाे मेयर प्रल्हाद सापकाेटाले बताए । रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिकाकाे सयुक्त आयाेजना तथा इन्स्याेर परियाेजनाकाे प्राविधिक सहयाेगमा रत्ननगरमा मेला आयाेजना गरिएकाे हाे ।
विदेशबाट फर्किएका, कामकाे खाेजिमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरुलाई लक्षित गरी राेजगार मेला आयाेजना गरिएकाे मेयर सापकाेटाले बताए । राेजगारदाता र कामकाे खाेजिमा रहेका युवाहरुलाई प्रत्यक्ष रुपमा भेट गराउने र राेजगारीकाे सुनिश्चितता गर्न मेला काेसेढुंगा सावित हुने उनले बताए ।
मेलामा बेराेजगार युवाहरुकाे क्षमता पहिचान र राेजगारकाे अबसरकाे खाेजि गरिने छ । इन्स्याेर परियाेजनाका प्राविधिक संयाेजक कुश बहादुर गुरुङले भरतपुरमा गत बर्ष गरिएकाे राेजगार मेलाकाे प्रभावले १७ जनालाई प्रत्येक्ष राेजगारी तथा अन्यले पनि राेजगारी पाउने क्रम जारी रहेकाे बताए ।
साेमबार रत्ननगर नगरपालिकाकाे कार्यालयमा तयारी बैठक बसेकाे छ । साे बैठकमा सराेकारबालाहरुले मेलालाई अर्थपूर्ण बनाउने बताएका छन् ।
मेयर सापकाेटाकाे अध्यक्षतामा भएकाे बैठकमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, चितवन उद्योग संघ रत्ननगर ईकाइ संयाेजक गाेविन्द प्रसाद खनाल, इन्स्याेर परियाेजनाकी रुपा गुरुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

बैठकमा मेलाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले सहजीकरण गरेका थिए ।