नारी जागरणको छोरी शिक्षा अक्षयकोषमा आर्थिक सहयोग

रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषमा आर्थिक संकलन गरिएको छ । रत्ननगर वडा नं ३ का राधिका रिमालले ७ हजार ५५ रुपैया, सुरेश अधिकारीले ५ हजार, विनोद घिमिरेले ५ हजार, केदार अधिकारीले ५ हजार र शारदा खनालले ५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । विपन्न समुदायका छोरीहरुलाई उच्च शिक्षा अध्यायनको लागि छात्राबृत्ती प्रदान गर्न अक्षय कोष स्थापना गरिएको हो । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनाल, उपाध्यक्ष विष्णुकुमारी आचार्य, महासचिव सरस्वती लामा, कोषाध्यक्ष विभा डल्लाकोटी,सदस्यहरु निर्मला खड्का,शोभा शर्मा लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । अहिले सम्म सो अक्षयकोषमा २ लाख १० हजार रुपैया संकलन भइसकेको छ । अक्षयकोषको व्याज रकमबाट बार्षिक चार जनालाई छात्राबृत्ती प्रदान गरिने महासचिव लामाले जानकारी दिइन् । अक्षयकोषमा एक बर्षमा पाँच लाख रुपैया पु¥याउने लक्ष्य लक्ष्य रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker