
रत्ननगर, असार ५ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १२ मा दिनदहाडै चोरी भएको छ । वडा नं १२ का गोपाल ओझाकाे घरबाट नगद सहित ठुलो परिमाणमा सुनका गहना चोरी भएको हो । दिउसो करिब १२ बजेको समयमा ओझाको किसानचाेक स्थित घरबाट ३३ तोला ५० लाल सुन र साढे दुई लाख रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए । चोरको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
