रत्ननगरमा योग दिवस मनाइयो

रत्ननगर, असार ६ ।

‘मानवताको लागि योग’ भन्ने मूल नाराका साथ रत्ननगरमा नवौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा योग गर्दै दिवस मनाइएको हो । कार्यक्रममा ५० जना सहभागि भएर योग गर्दै दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । सो अवसरमा स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले रोग अनुसार योग गर्न हुने नहुने अवस्था र थेरप्युटिक योगको बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा पतन्जली योग समिति रत्ननगरका प्रशिक्षक नारायण श्रेष्ठ र स्वास्थ्य केन्द्रका संजु धितालले योग प्रशिक्षण दिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रले नियमित रोग विशेष अनुसार थेराप्युटिक योग र युनिक सहकारी संस्थाको सभाहलमा स्वास्थ्य जीवन कार्यक्रम अन्तर्गत नियमित योग सेवा संचालन गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker