रत्ननगर वडा नं १० मा विकास : भित्री सडकमा मोज्याक र ढलान

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जोड दिएको छ । सो वडाले एक बर्षको अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनको विकासको लागि काम गरेको पाइएको छ ।

मुल सडक कालोपत्रे गरेको सो वडाले भित्री सडक मोज्याक टायल र ढलान समेत गरेको छ । कालोपत्रे गर्न मापदण्ड नपुग्ने भित्री सडकमा मोज्याक टायल र ढलान गरिएको वडाध्यक्ष कलाधर पौडेलले जानकारी दिए । प्रदेश र वडा वजेटबाट एक बर्षको अबधिमा १० वटा सडक कालोपत्रे गरिएको छ । वडा भित्र साढे एक किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

एक बर्षको अबधिमा वडा भित्र तीन वटा सडक ढलान तथा पाँच वटा सडकमा मोज्याक टायल लगाइएको छ । नमुना टोलमा रहेको चौधरी बस्तीमा ९५ मिटर सडकमा मोज्याक टायल लगाइएको छ । साढे तीन लाखको लगानीमा सो सडकमा मोज्याक टायल लगाइएको हो । शिवनगर टोलमा एउटा ९५ मिटर र अर्काे ५० मिटर गरि दुई वटा सडकमा सात लाखको लगानीमा मोज्याक टायल लगाइएको छ । हरिहर टोलमा ५० मिटर र श्रीकृष्ण टोलमा साढे तीन लाखको लगानीमा १०५ मिटर मोज्याक लगाइएको छ । त्यसैगरी माया केसीको घरबाट डिल्लीराम पोखरेलको घर सम्म ११० मिटर सडक ढलान गरिएको छ ।

साढे ६ लाखको लगानीमा ढलान गरिएको हो । श्रीप्रभात टोलमा साढे ११ लाखको लगानीमा २५० मिटर सडक ढलान गरिएको छ । कैलाश टोलमा १४ लाखको लगानीमा २३० मिटर सडक ढलान गरिएको छ । बैरियामा खोप केन्द्र र पशुसेवा केन्द्र सञ्चालन गरिएको छ । नमुना टोलमै चौधरी बस्तीका विपन्न परिवारको आयआर्जनको लागि ३१ परिवारलाई ३२ वटा बाख्रा वितरण गरिएको र त्यहाका बासिन्दाले व्यवसायिक रुपमै बाख्रापालन सुरु गरेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

सो वडा अन्तर्गत पर्ने टिकौलीमा कृष्णसार राख्न पूर्वाधार निर्माण गरिएको छ भने हरियाली पार्क निर्माण र पञ्चनदी तटबन्धन गरिएको छ । कृष्णसार राख्न प्रदेश सरकारको ४२ लाखको लगानीमा पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारकै ४० लाख लगानीमा हरियाली पार्क र नदी तटबन्धनको काम भइरहेको छ । अबको एक महिना भित्र बर्दियाबाट कृष्णसार ल्याउने गरी तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष पौडेलले बताए ।

सोही ठाउँमा पोखरी निर्माण गरेर मोटरबोट सञ्चलनको तयारी गरिएको छ । त्यसका लागि नगरपालिकाले एक करोड र केन्द्र सरकारले एक करोड २० लाख विनियोजन गरेको छ । श्रीकृष्ण प्रणामी मन्दिर टिकाैलीमा नगर स्तरीय बजेटबाट मोज्याक टायल लगाइएको छ । बैरिया माविमा शिक्षाको गुणस्तर सुधार र प्रविधिक शिक्षाको लागि वडा कार्यालयले विभिन्न कामहरु गरेको छ ।

नगर स्तरीय योजना अन्तर्गत १२ लाख पर्खाल, ५ लाख पशु गोठ, ३ लाख बाल विकास र ४ लाख सामाजिक ल्याप तथा वडा स्तरीय बजेटबाट सो विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक व्यवस्थापनको काम गरिएको छ । त्यसका लागि वडाले सात लाख रुयैया लगानी गरेको छ । सोही विद्यालयमा स्कुल बस खरिदका लागि १५ लाख रूपैया प्रदान गरिएको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । सो वडामा एक बर्षको अबधिमा संघ,प्रदेश र स्थानीय सरकारको गरी करिब ५ करोडको काम भएको छ । कृषि र पशुपालनको विकासको लागि किसानहरुलाई अनुदान रकम प्रदान गरिएको छ ।

यसैबीच विहीबार वडा भित्र एक बर्षको अबधिमा भएको विकास निर्माणको भौतिक प्रगतिबारे अनुगमन गरिएको छ । वडाध्यक्ष पौडेल,वडा सचिब चौधरी सहित वडा सदस्यहरु सुदन भण्डारी, मिलन चौधरी, पूर्णिमा नेपाल, गोमा भण्डारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker